Comments Add Comment

आहा ! काठमाडौंको होली ! (फोटो कथा)

Happy-Holly-in-Basantapur-2

२१ फागुन, काठमाडौं । होली लाग्नुभन्दा हप्ता दिन पहिल्यै उपत्यकामा महिलाले हिँडडुल गर्न असुरक्षित ठान्ने गरेका थिए । तर, विहीबार होलीका दिन सडकमा हिँड्ने महिलाले लोलाको शिकार खासै हुनुपरेन ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष राजधानीमा होलीका नाममा जबरजस्ती लोला हान्ने विकृति कम भएको सबैले महसुस गरेका छन् । जवरजस्तीका घटना नहुँदा होली रोमाञ्चक बनेको छ ।

होलीको अघिल्लो दिनसम्म बाटामा कसैले लुकेर लोला हानेको दृश्य खासै देखिएनन् । विहीबार होलीमा दिनमा पनि एकाध गल्लीमा बाहेक इच्छाविपरीतका घटनामा कमी आएको देखियो ।

Happy-Holly-in-Basantapur-1

विभिन्न चोकमा भेला भएका युवा एवं प्रौढहरुले आपसमा चिनेजानेका वीच रंग दलेर मनोरञ्जन गरे । सवारी साधनहरु कमै भए पनि निर्वाध रुपमै चले । गाडीमा कसैले लोला फ्याँकेन ।

बसन्तपुर लगायत विभिन्न चोकमा युवाले उल्लासमय ढंगबाट होली मनाएका दृश्य रोचक र मनमोहक रहे ।

एकापसमा रंग लगाएर मित्रभाव साटासाट गर्ने होली पर्व जति संयमित र सभ्यरुपमा मनाइयो, त्यति नै रोमाञ्चक हुँदोरहेछ भन्ने यस वर्ष राजधानीको संयमित होलीले स्पष्ट पारेको छ ।

Happy-Holly-in-Basantapur
बसन्तपुर क्षेत्रमा सांगीतिक कार्यक्रमका साथ होलीमा रम्दै युवा युवतीहरू

Happy-Holly-in-Basantapur-5

Happy-Holly-in-Basantapur-4

holi photo (1)

holi photo (3)
ठमेल क्षेत्रमा होली खेल्दै हिडिरहेका पर्यटकलार्इ पिच्कारी हान्ने प्रयास गर्दै एक बालक

holi photo (13)

holi photo (15)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment