मधेसी मोर्चाका विद्यार्थीले गरे क्याम्पसमा आगजनी

मधेसी मोर्चाका विद्यार्थीले गरे  क्याम्पसमा आगजनी

वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बिहीबार मधेसी मोर्चामा आवद्ध मधेसी दलका विद्यार्थी संगठनले आगजनी गरेका छन्।

स्ववियु चुनावको निर्वाचन प्रकृया रोक्न माग गर्दै मधेसी दल निकटका विभिन्न विद्यार्थी संगठनले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा बिहीबार दिउँसो आगजनी गरेका हुन्। आगजनीबाट सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका तीन सोफा, कुर्सी, टेबुल, सूचनापार्टी, ढोका र झ्यालहरु जलेर नष्ट भएका छन्।

सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेपछि मधेसी दल निकटका विद्यार्थीले क्याम्पसको शिक्षा संकायको भवनमा पनि आगजनी गर्ने प्रयास गरेपनि तत्कालै प्रहरी पुगेका कारण त्यहा उनीहरुले आगो लगाउन पाएनन् ।

आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ। प्रहरीले संघीय विद्यार्थी फोरम नेपालका केन्द्रीय सदस्य निखिल वर्णवाल, समाजवादी विद्यार्थी संघका मधुसुदन चौरसीया र सदभावना विद्यार्थी मञ्चका कृष्ण दासलाई पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.