जिल्ला–जिल्लामा स्थानीय चुनावको तयारी : कतै उत्साह कतै विरोध

जिल्ला–जिल्लामा स्थानीय चुनावको तयारी : कतै उत्साह कतै विरोध

बुटवल : सरकारले स्थानीय तहको चुनाव घोषणाले रूपन्देहीको दक्षिणी क्षेत्रमा विरोध सुरु भएको छ भने उत्तरी क्षेत्र उत्साह बढेको छ। चुनाव घोषणाको विरोधमा मधेसी मोर्चाको बन्दका कारण जिल्ला सदरमुकाम भैरहवादेखि पश्चिमतर्फको क्षेत्र सुनसान बनेको हो। तर, जिल्लाकै उत्तरतर्फ भने चुनावको चहलपहल सुरु भएको छ।

चुनाव घोषणा नहुँदै तयारीमा जुटेका दल झन् उत्साहित भएका छन्। ०५४ सालपछि स्थानीय निकायको चुनाव पहिलो पटक घोषणा गरिएको हो। यसअघि शाही शासनका बेला निर्वाचन भए पनि त्यसमा धेरै सहभागी थिएनन्। ०५४ सालमा १८ वर्ष नपुगेका र त्यसपछि जन्मिएका युवाले यसपटकको चुनावमा पहिलो मत हाल्न पाउने भएका छन्।

एमाले रूपन्देहीका पूर्वअध्यक्ष भोजप्रसाद श्रेष्ठले चुनावले स्थानीय तहलाई बलियो बनाउने बताए। ‘संविधानमा लेखिएका अधिकार स्थानीय तहबाटै जनताले पाउँछन्,’ उनले भने। ०५४ सालको निर्वाचनमा बुटवल नगरको मेयरसमेत रहेका श्रेष्ठले संविधान कार्यान्वयनको पहिलो चरणको निर्वाचन भएकाले बढी महत्वपूर्ण रहने बताए। उनले सबै दल एकसाथ निर्वाचनमा जुट्नुपर्ने सुझावसमेत दिए।

दलले चुनाव हुने संकेतपछि गाउँ, नगर, क्षेत्र तथा वडामा भेला गर्न थालेका थिए। चुनाव घोषणापछि नेता–कार्यकर्ता उत्साहित भएर लागेका छन्। कांग्रेस रूपन्देहीका सचिव रामकृष्ण खाँणले स्थानीय तहको चुनावले अहिले भइरहेको अराजकतालाई नियन्त्रण गर्ने बताए। ‘कसको कति बहुमत आउँछ भन्ने कुरा फरक हो,’ उनले भने, ‘२० वर्षपछि चुनाव हँदा स्थानीय तहमा देखिएको विकृति निराकरण हुन्छ।’

निर्वाचनले स्थानीय तह सक्रिय हुने र विकास निर्माणले फड्को मार्ने धेरैको विश्वास छ। जनप्रतिनिधि नहँदा विकासमा अवरोध तथा जनताले सरकार भएको अनुभूति गर्न सकेका थिएनन्। स्थानीय तहका कर्मचारीमा पनि उत्साह थपिएको छ।

बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले जनप्रतिनिधियुक्त स्थानीय तहले विकासमा फड्को मार्ने बताए। ‘कर्मचारीले जोखिमयुक्त काम गर्न सक्दैनन्, त्यस्ता काम जनप्रतिनिधिबाट मात्रै सम्भव छ,’ उनले भने।

रूपन्देहीमा ८ सय बढी जनप्रतिनिधि
स्थानीय तहको चुनावबाट रूपन्देहीमा ८ सय बढी जनप्रतिनिधि चुनिने भएका छन्। स्थानीय तह पुनःसंरचना आयोगले रूपन्देहीमा १६ वटा तह हुने तय गरेको छ। एक उपमहानगरपालिकासहित ५ नगरपालिका र १० गाउँपालिका जिल्लामा रहनेछन्। जिल्लाका १६ तहमा १ सय ५५ वडा रहनेछन्।

चुनावबाट नगरपालिका र गाउँपालिकाबाट एक÷एक जना प्रमुख, उपप्रमुख र प्रत्येक वडाबाट वडा अध्यक्षसहित ५ जना सदस्य निर्वाचित हुनेछन्। जसअनुसार जिल्लाका ७ सय ७ जना प्रतिनिधि चुनावबाट निर्वाचित हुनेछन्। तर, पछिल्लो सयम जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने निर्णयले जिल्लामा तह बढ्न सक्नेछ।

४ लाख ६० हजार मतदाता
रूपन्देहीमा करिब ४ लाख ६० हजार मतदाता स्थानीय तहको चुनावमा मत हाल्नयोग्य छन्। जिल्ला निर्वाचन आयोगले केही समय अघिसम्म घरदैलो गरेर मतदाताको नाम संकलन गरेको थियो।

जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख होमनाथ अधिकारीका अनुसार ०७० सालको निर्वाचनमा भन्दा अब हुने निर्वाचनमा २० हजारभन्दा बढी मतदाता बढेका छन्।

०७० सालको संविधानसभा निर्वाचनमा जिल्लामा ४ लाख ३६ हजार मतदाता थिए। यो वर्षको पुससम्म ४ लाख ६० हजार २ सय ७० जनाले फोटो खिचाएका छन्। जिल्लामा २२ हजारजति मतदाताको सूचीमा समावेश छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.