स‌ंविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजान एमाले सहमत

स‌ंविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजान एमाले सहमत

काठमाडौं: सरकार र प्रतिपक्षी दल संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत भएका छन् ।

बिहीबार बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा विधेयकलार्इ छलफलको प्रक्रियामा लैजाने सहमति भएको सभामुख घर्तीले बताइन्।

बिहीबारबाटै संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले जानकारी दिइन्।

'सहमतिभन्दा अर्को विकल्प छैन। आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ । आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछु,' सभामुख घर्तीले भनिन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.