आफूभन्दा कनिष्ठ एएसपीलाई डिआइजीमा बढुवा गरेको भन्दै ११ जना एसएसपीले दायर गरेको रिट सर्वोच्च अदालतले आइतबार खारेज गरेको छ ।
मंसिर ४ गते मन्त्रिपरिषद्ले श्यामबहादुर खड्का, नवराज सिलवाल, प्रकाश अर्याल, दलबहादुर चन्द र बमबहादुर भण्डारीलाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयबिरुद्ध ११ जना वरिष्ठ एसएसपीहरूले मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले रिट खारेजी गरेसँगै ती पाँच जना बढुवा भएका डिआइजीको पद पक्का भएको छ ।