Comments Add Comment

पुरिएको ९ दिनपछि ४ जनाको जीवितै उद्दार

२० वैशाख, काठमाडौं । विनाशकारी भूकम्पले घर भत्काएपछि पुरिएका चारजनालाई ९ दिनपछि जीवितै उद्दार गरिएको छ । उद्दार भएकामा सिन्धुपाल्चोकको स्याउली गाविसका तीनजना र नुवाकोट किम्ताङ गाविसका एकजना छन् ।

Sindupalchok2

सशस्त्र प्रहरीको बिन्धवासिनी गण चन्द्रौटा कपिलवस्तुबाट झिकाइएका बिपत व्यवस्थापनमा तालिम प्राप्त सशस्त्र प्रहरीकर्मीले सिन्धुपाल्चोकको स्याउली गाविस ८, केराबारीमा दुई घरको भग्नावशेषभित्रबाट ३ जनालाई जीवित उद्दार गरेका हुन् ।

स्याउलीमा पुगेका सशस्त्र प्रहरीले घरका भग्नावशेषमा जीवित मान्छे रहेको सूचना हेडक्वार्टरमा दिएपछि महानिरीक्षक कोषराज वन्तले सबै शक्ति सोही ठाउँमा लगाएर उनीहरुको उद्दार गर्न निर्देशन दिएका थिए ।

सशस्त्रले एकै घरबाट २५ वर्षीया कन्चन खत्री र २६ वर्षीया ज्ञानकुमारी खत्रीलाई उद्दार गरेको छ भने अर्को छिमेकी घरबाट धनकुमारी खत्रीलाई जीवितै उद्दार गरिएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

नौ दिनपछि जीवित उद्दार गरिएका तीनैजनालाई सशस्त्र प्रहरीले गाडीमा राखेर चौतारा अस्पतालतर्फ उपचारका लागि लगेको छ ।

१०५ वर्षका बृद्धको जीवित उद्दार

यसैबीच नुवाकोटको किम्ताङ गाविसमा भूकम्पको ९ दिनपछि १०५ वर्षीय बृद्ध फन्चु घलेको जीवितै उद्दार गरिएको छ । नेपाल प्रहरी र जापानी उद्दारकर्ता सम्मिलित टोलीले ती बृद्धलाई जीवित उद्दार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment