ग्रीनसिटी अस्पतालकाे निःशुल्क शल्यक्रियापछि रविनाले पाइन् नयाँ जीवन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०७६, आईतवार १७:३४

काठमाडौँ । आठ वर्ष सम्म जीवन मरणको संघारमा रहेकी दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगीका मलद्धारको शल्यक्रिया भएपछि उनले नयाँ जीवन पाएकी छन् ।

आर्थिक अवस्था कमजोर परिवारकी योगीको अवस्था बारे सूचना पाउना वितिकै बसुन्धरास्थित ग्रीनसिटी अस्पतालले आफ्नै अस्पतालमा बोलाई उनको निःशुल्क अप्रेशन गरेको बताइएको छ। अप्रेशनपछि योगीले नयाँ जीवन पाएको उनका परिवारले बताए।

बरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालको नेतृत्वमा एनेस्थेसियामा डा. आशिष अमात्य र स्टाफ नर्सहरुको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरेका थिए । त्यसअघि उनलाई अन्य विभिन्न अस्पतालमा उपचारका लागि लगिएको तर अप्रेशन सफल हुन नसकेको योगीका परिवारले बताएका छन ।
विपन्न परिवारका शिवहरी योगी र लक्ष्मी योगीको कोखबाट जन्मजात मलद्वार विहिन छोरी जन्मिएपछि बुटवल, पाल्पा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार र शल्यक्रिया प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

बरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालको टोलीले जेष्ठ ६ गते ५ घण्टाको सफल शल्यक्रिया पश्चात उनको स्वास्थ्य राम्रो हुँदै गएको बताइएको छ । अस्पताल संचालन एउटा सेवा भाव पनि हो भन्ने उद्धेश्यले कसैले नयाँ जीवन पाउछ भने बिपन्न परिवारकै सदस्य भएर बञ्चित हुनुहुन्न भन्ने मान्यताका साथ सेवा गर्ने गरिएको अस्पतालले जनाएको छ ।

योगीको आठ वर्ष सम्म पेटमा प्वाल बनाएर दिशा निकाल्ने ब्यबस्था गरिएको थियो । रविना भन्छिन, ‘अप्रेशन भएपछि अब मेरो नयां जीवन शुरु हुने बताएकी छन ।’ आमा लक्ष्मी योगी भन्छिन , ‘मेरी छोरीको अप्रेशनले हाम्रो परिवारमा खुशी छाएको छ ।’
ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवा गर्ने अवसर अस्पतालालाई प¥यो भने जुनसुकै बेला पनि गर्न तयार रहेको कुरा पनि स्पष्ट पार्नुभएको छ । अध्यक्ष टन्डनले सेवा नै धर्म हो भन्ने मान्यताका साथ अस्पतालले विपन्न परिवारका विरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको र महिनाको दुई वटा सम्म निःशुल्क अप्रेशन समेत गर्ने गरेको जानकारी गराउनु भएको छ ।

ग्रीनसिटीले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिन दुई दलित बालिकाहरु ९ महिना उमेरकी लोकमाया सुनार र १३ वर्षिया लिला विकको निःशुल्क उपचार गरेको थियो । कुपण्डोलको सडकमा खुट्टा सुनिएको अबस्थामा मागेर बसेका दष्टिबिहीन दम्पत्ति सन्त मुखिया र उनकी श्रीमतीलाई १५ दिन सम्म अस्पतालमै भर्ना गरी पुर्ण स्वास्थ्य बनाएर पठाइएको थियो। भने अहिले सम्म १८ वटा मुटुको अप्रेशन निुशुल्क गरिएको छ । उनीहरु अहिले पूर्ण स्वस्थ छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१